‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म त यसै नक्कली’ बोलको गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।

हर्क साउदको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत रहेको छ। गीतमा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन्।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ।

सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *