दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार प्रसाईंलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो । मंसिर ५ गते पक्राउ प्रसाईंलाई यसअघि आइतबार पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रसाईं पक्राउ परेका हुन् । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *