यस्तो छ ‘बम बहादुर’को टिजर

काठमाडौं । अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र गामी पुस ५ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आउनेछ ।

बम बहादुरले भारतका रहेका नेपालीभाषी, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई उजागर गर्ने बताइएको छ ।

यो चलचित्र सन् १९८० को दशकमा भएका घटनाहरूमाथि आधारित रहेको निर्माण टिमले जनाएको छ । बिस्ट ब्रदर्स फिल्मस् प्रालिको निर्माणमा बनेको यस चलचित्रमा सौगातसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय छ । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रलाई जोनले निर्देशन गरेका छन् । सञ्जीव सार्की चलचित्रका निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *