भारतसँग पराजित हुँदै साफ यु-२७ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

काठमाडौं । भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ । शनिबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा भारतसँग ४-२ गोलले पराजित भएसँगै नेपालको फाइनल पुग्ने लक्ष्य समाप्त भएको हो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा भारतलाई जित दिलाउन विशाल यादवले दुई गोल गर्दा ऋषि सिंह र हिम्निचुंग लुन्किमले समान एक गरे । नेपालको लागि सुबास बमले एक गोल गर्दा एक गोल उपहार पाएको हो ।

अब भारतले फाइनलमा आजै पाकिस्तान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *