काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हालसम्म काभ्रेपलान्चोक जिल्लामा नौ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार जिल्लाको बनेपा, पनौती र नमोबुद्द नगरपालिकामा वर्षासँगै आएको पहिरोले परी नौ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोमा परी हालसम्म नौ जना बेपत्ता भएको बताए । उनले जिल्लाको बनेपा नगरपालिका(१४ खाल्चोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएको बताए ।
यस्तै पनौती नगरपालिका(११ स्थित थुम्की गाउँमा पहिरोले घर बगाउँदा चार जना, नमोबुद्द नगरपालिका २ श्याम पाटीमा पहिरोमा परी दुई जन र पनौती नगरपालिका १२ कोलाँती भुमिडाँडामा गोपाल तिमल्सिनाको घर पहिरोले बगाउँदा चार जना पुरिएकोमा तीन जनाको जीवितै उद्धार एक जना बेपता भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
