इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
टर्कीले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ ।
पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा कालोसूचीमा राखेका छन् ।
‘आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ’, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भने ।
‘कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा पहिचान गरिएको छ’, उनले भने ।
बगदादको सङ्घीय सरकारले मार्चमा ‘कुर्दिस्तान वर्कर्स पार्टी’लाई प्रतिबन्ध लगाएको र गत महिना अकारासँग विद्रोही विरुद्धको लडाईमा संयुक्त प्रशिक्षण र कमाण्ड केन्द्रहरू स्थापना गर्ने उदेश्यले सैन्य सहयोग सम्झौतामा गरेको थियो ।
अगस्ट २३ मा कुर्दिश क्षेत्रका अधिकारीहरूले टर्कीएलाई दोष लगाएको ड्रोन आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा अनुदान प्राप्त काम गर्ने दुई महिला पत्रकारको मृत्यु भएको थियो ।