हिमाल सागरको ‘पिर पर्‍या छ’

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्‍या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दीप कार्कीको पार्श्व संगीत छ । गीतको भिडियोमा बिना राउत, आर्यन राउत र अर्जुन भुषाल फिचर्ड छन्। गीतले अन्तरजातीय प्रेममा परेका एक जोडीको पीडालाई प्रस्तुत गरेको छ ।

राहुल बराइलीको निर्देशन रहेको भिडियोमा नरेश ऐर एण्ड टिमको छायाँकन र मिन रावलको सम्पादन तथा कलर छ। भिडियो टीका रमदमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *