गायिका कमला घिमिरेले फिल्म खेल्ने

काठमाडौँ । गायिका कमला घिमिरेले अब फिल्म खेल्ने भएकी छन् । उनी बाबु बलामीको निर्देशनमा बन्ने फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् ।

निर्माण टिमले वेलकम भन्दै उनको फोटो सार्वजनिक गरेको छ तर उनको भूमिका गोप्य राखिएको छ । गायिका कमला लोक दोहोरीगीत गाएर चर्चामा आएकी थिइन् ।

यसअघि फिल्ममा अभिनेत्री प्रियंका कार्की र करिश्मा मानन्धर पनि भित्रिएका छन्। निर्देशक बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित महिलाको कथामा बन्नेछ । यही असार अन्तिमबाट छायाँकन हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायाँकन गरिनेछ।

फिल्ममा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *