रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको अभियोगमा अख्तियारले बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *