अस्मिता अधिकारी र महेश काफ्लेले गरे इङ्गेजमेन्ट

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् ।

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । “सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ! आई लभ यु” भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् ।

यसअघिनै प्रेम चर्चा चलेपनि उनीहरुले साथिमात्र रहेको जनाउँदै आएका थिए । उनीहरुले लजावती झार लगायत अन्य केहि गितसँगै गाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *