काठमाडौँ । नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गर्दै उनले स्वर्णपदक जितेका टिम व्यवस्थापक प्रदीप थापामगरले जानकारी दिए ।
त्यस्तै पुरुष ५४ केजी तौलसमूहमा नेपालका शेख इरफान खरेलले बङ्गलादेशका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गरे ।
त्यस्तै पुरुष ४५ केजी तौल समूहमा नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएसँगै कास्यपदकमा सीमित बने । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।