नेदरल्याण्ड्सविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत केहिबेरमा शुरु हुने खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेको छ । डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा केहिबेरमा शुरु हुने खेलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल १० वर्षपछि विश्वकपको खेल खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल(कप्तान), कुशल मल्ल, गुलसन झा, दीपेन्द्र सिंह एरी, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *