एम्बाप्पे म्याड्रिडमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । सोमबार राति म्याड्रिडले आधिकारिक रुपमा एम्बाप्पेलाई पाँच वर्षको लागि अनुबन्ध गरेको जानकारी दिएको हो ।

एम्बाप्पे फ्रि-एजेन्टको रुपमा म्याड्रिडमा अनुबन्ध भएका हुन् । एम्बाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँगको सम्झौता सकिएपछि यसै सिजन क्लब छोडेको घोषणा गरेका थिए ।

२५ वर्षीय एम्बाप्पे २०२१-२२ को सिजनमै म्याड्रिड अनुबन्ध हुने खबर आएपनि त्यतिबेला उनले फ्रेन्च क्लबसँग २ वर्षको सम्झौता नविकरण गरेका थिए ।

एम्बाप्पेले पीएसजीबाट सात सिजन खेल्दै २ सय ५६ गोल गरेका थिए । उनले यस सिजन पीएसजीबाट ४८ खेलमा ४४ गोल गरेका थिए । उनले सन् २०२२ को विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै उनले युरोकप छनोटमा फ्रान्सबाट आठ गोल गरेका थिए । फ्रान्सले १७ जुनमा अष्ट्रियासँग खेल्दै युरोकपको शुरुवात गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *