नेपाली राजनीतिमा ‘बोइलिङ् फ्रग स्ट्रेटेजी’

केशवप्रसाद भट्टराई ।
१. राजनीतिमा, कूटनीतिमा र युद्ध नीतिमा एउटा रणनीतिको नाऊ हो – ‘बोइलिङ फ्रग स्ट्रेटेजी’ अर्थात् मारिदिने उद्देश्यले उम्लिरहेको पानीमा भ्यागुतालाई हालिदिने रणनीति । त्यसलाई अवलम्वन गर्नेहरूले दुई तरिकाले अर्थात् दुईटा ट्याक्टिस अवलम्वन गर्ने गर्दछन् ।

२. एउटा ट्याक्टिसः उम्लिदा उम्लिदैको पानीमा भ्यागुतोलाई हालिदिने–तर यसो गर्दा भ्यागुतो तातो पानीमा पर्ने बित्तिकै बुरुक्क उफ्रिएर बाहिर निस्किन सक्छ –ज्यान जोगाउँछ ।

३. अर्को ट्याक्टिस भनेको भ्यागुतोलाई पहिला चीसो पानीमा हालिदिने अनि पानी उमाल्न शुरू गर्ने । पहिला चीसो पानीमा भ्यागुता मजाले खेल्छ, पानी तातो हुँदै जान्छ – भ्यागुतो सन्चो मानेर बस्छ तर तात्दै तात्दै जव पानी उम्लिने अवस्थामा पुग्नु अघिनै तातोले भ्यागुतोको शरीर शिथिल बनाइसकेको हुन्छ । अनि पानी उम्लिने बिन्दुमा पुग्दा उसको उफ्रिएर बाहिर निस्कने र भाग्ने शक्ति हराइसकेको हुन्छ र भ्यागुतो मर्छ ।

४. धेरै पर नजाउँ–एमाले र माओवादीको पार्टी एकीकरण भएको थियो– प्रचण्ड, माकुने र वामदेवहरूले ओलीलाई उम्लिरहेको पानीमा झ्याप्प समातेर हाले – ओली बुरुक्क उफ्रिए–जोगिए । त्यसपछि प्रचण्ड –माकुनेहरूले गएको चुनावमा एमाले विरूद्ध गठबन्धन गरे–समाप्त पार्ने हरसम्भव गरे– माओवादी धेरै परको तेस्रो दल भयो, पपुलर मतको हिसावले त छ–आठ महिना अघि जन्मिएको दलको हाराहारीमा उभियो । माकुने समाजवादी त गठबन्धन हुँदा पनि राष्ट्रिय दलसम्म बन्न सकेन । त्यतिखेर एमाले र ओलीले माओवादी र माकुने समाजवादी विरूद्ध ‘बोइलिङ फ्रग स्ट्रेटेजी’ को दोस्रो ट्याक्टिस अवलम्वन गरेका थिए । अहिले पनि ओली-माओवादी, माकुने र रास्वपा विरूद्ध त्यही ‘बोइलिङ फ्रग स्ट्रेटेजी’को दोस्रो ट्याक्टिस अवलम्वन गरिरहेका छन् । शायद उपेन्द्र यादव र माकुनेहरूले काङ्ग्रेसको सङ्केतमा ओली–प्रचण्ड सरकार विरूद्ध ‘बोइलिङ फ्रग स्ट्रेटेजी’को पहिलो ट्याक्टिस अवलम्वन गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *