सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ थापाले अवैध तरिकाले आम्दानी गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *