काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने भएको छ ।
नेसपाका प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति जारी गरी समतामुलक समृद्धि, पहिचान र सामार्थ्यसहितको संघीयता, सुशासन–सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर थेगिमलाई मतदान गर्न इलाम २ का मतदातालाई आग्रह गरेका छन् ।
उनले परम्परागत राजनैतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक रहेकाले पहिचानवादीलाई सघाउने निर्णय भएको बताएका छन् ।

