आज नेपाल र बरोडा क्लब भिड्दै

काठमाडौं । फ्रेन्डसिप कपको लागि भारत भ्रमणमा रहेको नेपालले आज हुने चौथो खेलमा बरोडा क्लबको सामना गर्दैछ । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुने खेल दिउँसो २:४५ बजे शुरु हुनेछ ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपाल यसअघिनै लगातार तेस्रो जितसँगै फाइनलमा पुगिसकेको छ।

बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *