काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सुचनाको आधारमा ताप्लेजुङको फुङलिङका प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल थान एक थान, धारिलो चक्कु र फलामको हम्बर बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *