बाबुरामको पार्टी विभाजित, महिन्द्र यादव माओवादीमा समाहित हुने

काठमाडौं । नेकपा (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचमा पार्टी एकता गर्ने सहमति भएको छ । शनिबार माआवादी केन्द्रका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ ।

सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो । सहमतिमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *