रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

रौतहट । रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गरि लुटपाट गरिएको छ । शुक्रबार दिउँसो रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले जानकारी दिइन् ।

गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । गोली चलाउने समूहका तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारती छन् । लुटिएको रकमको परिमाण भने खुलेको छैन । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल र १ थान गोली बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *