त्रिकोणात्मक सिरिज फाइनल : नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आज हुने फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमाकेहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालले आज नामिबियाविरुद्धनै उत्रेको टोलीलाई मैदान उतार्न लागेको हो ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, दीपेन्द्र सिंह एरी, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, अभिनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *