नेपाल ‘ए’ले क्यानडासँग तीन एकदिवसीय खेल खेल्ने

काठमाडौं । नेपालको ‘ए’ टोलीले क्यानडा ११ सँग घरेलु मैदानमा तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले क्यानडा ११ सँग मुलपानी क्रिकेट मैदानमा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

नेपालले पहिलो खेल १८ फेब्रअरी,दोस्रो खेल २० फेब्रअरी र तेस्रो खेल २२ फेब्रअरीमा खेल्नेछ । क्यानले यसअघि सिरिजको लागि ए टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा विनोद भण्डारी(कप्तान) आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, प्रतिस जिसी, सन्दीप जोरा, मयन यादव, अर्जुन कुमाल, शाहाब आलम, शेर मल्ल, रिजन ढकाल, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, सगर ढकाल र हेमन्त धामी रहेका छन् । त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *