काठमाडौं । एसीसी वुमेन्स प्रिमियर लिग अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपाल र मलेसिया भिड्दै छन् । मलेसियाको बायुएमास ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुँदै छ ।
आज हुने खेलमा नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा नेपाल एसीसी एसिया कपमा छनोट हुनेछ ।
नेपालले क्वाटरफाइनल खेलमा कुवेतलाई ७ विकेटले हराएको थियो भने मलेसियाले सेमिफाइनल प्रवेशको लागि भएको खेलमा जापानलाई १६ रनले हराएको थियो ।
नेपाल र मलेसियाबीचको खेल सधैं प्रतिपर्धात्मक हुँदै आएको छ । दुई टोलीबीच भएको पछिल्लो ६ भेटमा नेपाल ३ र मलेसिया दुई खेलमा विजयी भएका छन् ।