टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल(कप्तान), भीम शार्की, कुशल मल्ल, पवन सर्राफ, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी

आज हुने पहिलो खेलमा नेपाल जित निकाल्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । यसअघि क्यानडाविरुद्ध भएको एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा क्लिन स्विप गरेको नेपाल आजपनि सोहि लय लाई निरन्तरता दिन चाहन्छ ।

लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टोली मध्ये अंक तालिकाको शीर्ष चारमा रहने टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नेछन् ।

दुई टोलीबीच भएको पछिल्लो ६ खेलमा नेपालले दुई खेल जित्दा नामिबियाले तीन खेल जितेको छ भने एक खेलमा नतिजा आएको थिएन । तर नेपालले घरेलु मैदानमा भएको दुवै खेलमा नामिबियालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *