बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंका अधिकृत पक्राउ

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरबाट बलात्कृत भएको भन्दै एक युवतीले जोहरी दिएपछि गजमेरलाई पक्राउ गरिएको ललितपुरका एसपी तथा प्रवक्ता नवराज कार्कीले जानकारी दिएका छन् । पक्राउ परेका गजमेरविरुद्ध ५ दिनको म्याद समेत थप भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *