काठमाडौंबाट दुबई जान लागेकी महिला अबैध विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

काठमाडौं । काठमाडौंबाट यूएईको दुबई जान लागेकी एक महिला अवैध विदेशी मुद्रासहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ की १९ वर्षीया सुष्मिता गोले रहेकी प्रहरीले जनाएको छ ।

फ्लाई दुबईको उडानबाट यूएई जान लागेकी ती युवतीको साथबाट एक लाख ४९ हजार साउदी रियाल र १० हजार यूएई दिराम बरामद गरेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँच गर्दा उनको झोलाभित्र विभिन्न दरका मुद्रा फेला परेको थियो ।

यस विषयमा ती युवतीलाई सोधपुछ गर्दा उनले सो मुद्रा आफ्नै गाउँका ३४ वर्षीय माइला साङ्बोले दिएको बताएकी थिइन् । तत्कालै साङ्बोलाई सोधपुछ गर्दा उनले पनि आफूले सुष्मितालाई बोक्न दिएको स्वीकार गरेका थिए ।

अवैध विदेशी मुद्रासहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजश्व विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *