पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।
सुनसरी जिल्ला इनरुवा नगरपालिका– ५ घर भएका भट्टराई गत बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेर जेल चलान भएका छन् भने जिबी राईसहित १४ अझै फरार छन् । सूर्यदर्शन सहकारीका पीडितहरुले रास्वपाका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध पुरक जाहेरी समेत दिएका छन् ।
