म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले घटना बारे जनाकारी गराएको हो।

अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुङ्गाको छानबिन गर्दा लागुपदार्थ जफत गरेका हुन् ।
जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँच जना शङ्कासापद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका पाँच अपराधीसहित सात जनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *