काठमाडौँ । बाँकेमा एकजना प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ गरेका छन् । बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी बुधबार आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै आठ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन् ।