रामबहादुर बम्जनको घरबाट तीन करोड भन्दाबढी नगद बरामद

काठमाडौं । आफूलाई तपस्वी बनाउने रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई उनको बूढानिलकण्ठस्थित घरबाट मंगलबार राति पक्राउ गरेको थियो ।

उनको घरबाट तीन करोड ३० लाख नगद बरामद भएको सीआईबीले जनाएको छ । नगदसहित उनको घरबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप पनि बरामद भएको प्रहरीले जनाएको छ । बम्जनमाथि २०७३ साउन २० गते आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

प्रहरीले उनको घरमा पुगेपछि घरको दुई तल्लाबाट हाम फालेका बताइएको छ । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनीमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *