काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सवइन्जिनियर टीकाराज राई र घर निर्माणका ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत मुद्दा दायर भएको छ ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घूस लिएका उनलाई आयोगको टोलीले ८० हजार रुपैयाँसहित मंसिर १४ गते नियन्त्रणमा लिएको थियो ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घूस/रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
सव–इन्जिनियर राई र ठेकेदार सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।