४७ किलो चाँदीसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजस्व छली गरेर ल्याएको चाँदी भोटेबहाल र कोटेश्वरबाट बरामद गरेको छ ।

राजस्व छलीमा संलग्न रहेको आरोपमा बारा कलैयाका कामेश्वर साह, पर्साका मनिस सरार्फ र सुमनकुमार सरार्फलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *