‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक

काठमाडौं । माघे सक्रान्तीलाई लक्षित गरेर २७ पुसमा प्रदर्शन गरिने चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको ट्रेलरमा उल्लेख छ । सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । यी नयाँ कलाकार भएता पनि काममा भने उनीहरु परिपक्क रहेको देखिन्छ ।

यो चलचित्रको निर्देशक दिपक श्रेष्ठले चलचित्र’bout भने,‘ मैले सफल चलचित्र पर्खी बसें झैँ यो चलचित्रमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । यी कलाकारहरु मेरो चलचित्रबाट नेपाली सिने उद्योगले स्थापित हुने विश्वास लिएको छु ।’

यो चलचित्रलाई फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइली डेब्यु कलाकार हुन् ।

दिपक श्रेष्ठको यो २७ औँ चलचित्र हो । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अन्य कलाकारकमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायत छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यो चलिचत्रमा एक समयको लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरेर राखिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *