फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु

फिलिपिन्स सरकार र माओवादी विद्रोहीबीच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ ।

कारबाहीमा नौ लडाकूको गोली लागी मृत्यु भएको छ । फिलिपिन्सको कम्युनिष्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए) ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्धविरामको सुरुवातमा दक्षिणी शहर मलयबाले नजिकैका चार दुर्गम गाउँहरूमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको बिस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन तर सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।

सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारहरूले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए ।

फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौंको ज्यान लिइसकेको छ ।

विद्रोही समूहले एकपक्षीय रूपमा मङ्गलबार विद्रोहको ५५ औं स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो ।

करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्धविराम नगर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *