म्यानचेस्टर सिटीलाई क्लब विश्वकपको उपाधि

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा फ्लुमिनेन्सेलाई ४-० गोलले हराउँदै सिटीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो ।

भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे । सिटीले एक गोल भने उपहार पाएको हो । खेलको पहिलो मिनेटमै अल्भारेजले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा निनोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि सिटीले खेलमा अग्रता दोब्बर बनाएको थियो । ७२ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै ८८ औं मिनेटमा नुनेजको पासमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० गोलको जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *