भेनेजुएलामा सवारी दुर्घटनामा १६ जनाको मृत्यु

 

भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जना मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिए ।

अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो  ।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका थिए ।  उनले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिए ।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए  ।

आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताए । उनका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *