मालीस्थित संयुक्त राष्ट्रसङ्घको मिसन १० वर्षपछि औपचारिक रूपमा अन्त्य

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसङ्घको झण्डा हटाइएकोे मिसनका प्रवक्ता फातुमाता काबाले बताए ।

साङ्केतिक समारोहबीच राष्ट्रसङ्घीय सैनिक मिसनको औपचारिक अन्त्य भएको उनले बताए । उनले भने, अगामी जनवरी १ पछि ‘परिसमापनको चरण’ हुनेछ, जसमा बाँकी उपकरणहरू अधिकारीहरूलाई हस्तान्तरण गर्ने जस्ता गतिविधिहरू समावेश हुनेछन् ।

मिनुस्मा भनिने संयुक्त राष्ट्रसङ्घीय स्थिरीकरण मिसन फिर्ता भएपछि क्षेत्रीय नियन्त्रणका लागि सेना र सशस्त्र समूहबीच युद्ध चर्किने हो कि भन्ने डर बढेको छ ।

मिनुस्माले विगत एक दशकदेखि मालीमा करिब १५ हजार सैनिक र प्रहरीलाई राखेको थियो । शत्रुतापूर्ण कारबाहीमा करिब १८० सैनिक मारिएका छन् ।

कूल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रबारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *