मन्त्री, प्रधानमन्त्रीहरुले हिजो लगाएका चप्पल सपनामा देखुन्

डा. युवराज संग्रौला ।
चु युयान्जाङ्ग पहिलो मिङ्ग सम्राट । उनी मालिकको गाईगोठालो थिए, र उनका बा आमा गरिबीका शिकार भए । चु बुढा हुँदै थिए । एकदिन उनले सपना देखे ।

१. सपनामा बा आमा र सानाका गाउँले साथीहरूले उनलाई सरापे । थुइक्क हरामी, राजा भएर जनतालाई केही गरिनस् । मानिसका शरीरमा लुगा र मुखमा माड छैन ।

२. बिहान उनी झोक्रिएर बसे । श्रीमतीलाई कहानी सुनाए ।

३. राजधानीमा बसेर मन्त्री, कर्मचारी र आउरेबाउरे घुस खान्थे, व्यापारीसँग साँठगाँठ गर्थे । मिठो खान्थे । गरीब खान नपाएर मर्थे । देशको रक्षा गर्ने कर, कर्मचारीको तलबको लागि कर, राजाको सेवाका लागि, जे मा पनि कर । अहिलेको नेपाल जस्तै ।

४. सपनाबाट राजा डराए । कम्तिमा सामन्ती नैतिकता थियो। । चु ले बैठक बोलाए । मन्त्रीहरुलाई गाउँ पठाए । आफू पनि गए । दरबारको कोष निकालेर गरीबलाई अन्न बाँडे र विद्वानहरुलाइ भ्रस्टाचार गर्नेलाई समातेर कार्बाही गर्न आदेश दिए । चीन उन्नतिको बाटो तिर लाग्यो ।

नेपाली नेतालाइ मेरो सल्लाह निम्न छ:

१. तपाईंहरुलाइ पनि हिजो जनताका घरमा लुकेर भात खाएको, जनताले ज्यान जोगाइदिएको, जनताले छोराछोरी हुर्काइदिएको सपना आउँछ ? कति छन् दराजमा सुट ? तपाईंहरुले फेरि फेरि लुगा लगाएको देख्दा जनताले के भन्छन् होला ? नेता र कर्मचारीका छोराछोरी सबै विदेशमा छन्, जनता के भन्छन् होला ? नैतिकता भन्ने मान्यताको ख्याल गर्दा कसो होला ? गरीब देख्दा आँखामा आँसु आउँछन् ?

२. गाउँ जानुहोस् । गाउँमा बस्नु होस् । राजनीतिमा नयाँ पुस्तालाई ठाउँ दिनुहोस् । नत्र त दुर्गा प्रसाईंसँग सांचिकै भाग्नु पर्ने दिन आउँछन् ।

३. गुन्डागर्दी र ढाँटीछलीले देश चल्दैन । चटकले पनि देश चल्दैन । बेइमान युवा जो पैसाका लागि अपराध गर्न तयार छ, उसले पनि बुझ्ने बेला आयो । यो पाराले त दास मात्र हुने हो ।

४. चु राजाले भ्रष्टाचारी समात्यो । कुनै कर्मचारी र मन्त्रीका त एक दर्जन श्रीमती र एक दर्जन घर रहेछन् । अन्त्यमा तीस हजारका टाउका काटिए । के गर्नु हुन्छ पद र धनले गरीबले दिनदिनै सरापे पछि ? छोराछोरी यहाँ छैनन्, भएकापनि सुनकान्ड र नुन कान्डमा छन् ।
समय एकै ठाउँमा अडिदैन । कामना गरौं उहाँहरुलाई पनि बिगत सपनामा आओस् । मन्त्री प्रधानमन्त्रीहरुले हिजो लगाएका चप्पल सपनामा देखुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *