नेपाल युएईसँग पराजित

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र एसियन कप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार राति भएको समूहचरणको पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको हो ।

दुबईको अल मोकटोउम स्टेडियममा भएको खेलको पहिलो हाफमा चार गोल गर्दै नेपाललाई दबाबमा राखेको थियो । खेलको १० औं मिनेटमा मुबारकले गोल गर्दै युएईलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३६ औं मिनेटमा पेनाल्टीमार्फत कप्तान अलि अहमेदले दोस्रो गोल गर्दै टिमको अग्नता दोब्बर बनाए । ४५ औं मिनेटमा कप्तान अहमेदलेनै गोल गर्दा  टिमका लागि चौंथो गोल इन्जुरी समयमा फाविनो फर्गिनोले गोल गर्दै युएईलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युएई ४-० गोलले विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *