जनयुद्ध दिवस मनाउने निर्णय एमाले सरकारमा रहेकै बेला भएको होः उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने निर्णय एमाले सरकारमा भएको बेलामा नै भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उपमहासचिव पुनले एमाले सरकारमा रहेको बेलामा नै जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका हुन् । उनले भने, ‘विष्णु पौडेल माननीयज्यूले फागुन १ गतेलाई दिवसको रुपमा मनाउन नहुने भन्नुभयो तर उहाँ उपप्रधानमन्त्री भएका वेला माघ १९ गते यो दिवस मनाउने निर्णय भएको हो ।’

एमाले उपाध्यक्ष पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउन संसद्बाट प्रस्ताव पारित गर्न सरकारलाई चुनौती दिएका थिए। उनले फागुन १ गते कुनै पनि हालतमा उत्सव हुन नसक्ने टिप्पणी गरेका थिए ।

पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बेला आएको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको र सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *