सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले दोस्रो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सोमपलाले ओमानका अकिब अलायसलाई दुई रनमा पभिलियन फर्काउँदै नेपाललाई उत्कृष्ट शुरुवात दिलाएका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ताजा अवस्थामा ४ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २५ रन बनाएको छ । ओमानको लागे प्रतिक अथाभाले १४ र कप्तान जेशन कक्सोद एक रन बनाउँदै क्रिजमा छन् ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन ।  मलेसियाविरुद्ध उत्रेको टोलीलाई नेपालले आजपनि निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ ११ :- आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *