डी कक र डुसेनको सतकमा न्युजिल्याण्डलाई विशाल विजयी लक्ष्य

एजेन्सी । क्विन्टिन डी कक र रास्सी भान डेर डुसेनको सतकमा दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा न्युजिल्याण्डलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । पुनेमा जारी खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई जीतको लागि ३ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो । दक्षिण अफ्रिकाको लागि रास्सी भान डेर डुसेनले सर्वाधिक १ सय ३३ रन बनाए । उनले १ सय १८ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । यस्तै डी ककले १ सय १६ बलमा १० चौका र ३ छक्काको मद्दतमा १ सय १४ रन बनाउँदा डेभिड मिल्लरले ५३ र हेन्रिच क्लासेनले १५ रन बनाए ।

न्युजिल्याण्डको लागि टिम साउदीले दुई विकेट लिँदा ट्रेन्ट बोल्ट र जेम्स नेशमले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *