रूसले अर्कोवर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात गर्ने पुटिनको भनाई

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसको आक्रमणपछि पश्चिमी मुलुकहरूले रूसमाथि लगाएको प्रतिबन्धका बावजुद रूसले अर्को वर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात जारी राख्ने बताएका छन् ।

पुटिनले गतवर्ष ऐतिहासिक रूपमा १५ करोड ८० लाख टन खाद्यान्न निर्यात गरेको र योवर्ष पनि १३ करोड टनभन्दा बढी खाद्यान्न निर्यात हुने बताए । उनले रूसले गहुँ निर्यातमा विश्वमा पहिलो स्थान कायम राख्ने सम्भावना रहेको र खाद्यान्न निर्यात पनि गत वर्षको जस्तै ५–६ करोड टनभन्दा कम नहुने बताए ।

पुटिन सोभियत सङ्घपछिका केही राज्यहरूलाई भेला गर्ने संस्था ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ को बैठकमा भाग लिइरहेका थिए । सेप्टेम्बरको सुरुमा पुटिनले आफ्नो देश ६ वटा अफ्रिकी मुलुकलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने सम्झौताको नजिक पुगेको समेत बताएका थिए । यसका साथै मस्कोले पश्चिमले विश्वव्यापी भुक्तानी प्रणाली र बीमामा पहुँच सीमित गरेर आफ्नो अन्न र मल निर्यातमा अप्रत्यक्ष प्रतिबन्ध लगाएको गुनासो गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *