कंगोमा नेपाली शान्ति सैनिकको  निधन

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए । उनको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *