न्युजिल्याण्डलाई मध्यम विजयी लक्ष्य

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा बंगलादेशले न्युजिल्यान्डलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा जारी खेलमा बंगलादेशले न्युजिल्याण्डलाई जीतको लागि २ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४५ रन जोडेको हो । बंगलादेशको लागि मुश्फिकुर रहिमले अर्धसतक बनाए । उनले ७५ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै मह्मुदुल्लाहले ४१, कप्तान शकिब अल हसनले ४०, मेहिदी हसन मिराजले ३०, टास्किन अहमदले १७ तान्जिद हसनले १६ र तोविड हृदीले १३ रन बनाएका हुन् ।

न्युजिल्याण्डको लागि लकी फ्रुगसन्ले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २-२ तथा मिट्चेल सान्टनेर र ग्लेन फिलिप्सले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *