कोशी संकटः देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे आफ्नै निवास धुम्बाराहीमा देउवाले कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको बैठक बोलाएका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी छ। कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय भए पनि शेखर कोइराला पक्षले एमालेसँग मिलेर केदार कार्कीको दाबी पेस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *