कालापानीमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन लामिछानेको माग

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ’, सभापति लामिछानेले भने, ‘नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *