एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत

सुदूरपश्चिम । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत भएका छन् । पूर्वउपाध्यक्ष भीम रावल पक्षलाई २ उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको हो । .

बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् । अध्यक्ष केपी ओलीनिकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *