बझाङ केन्द्रविन्दु भएर मध्यरातमा फेरि भूकम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बझाङ केन्द्रविन्दु भएर १२ बजेर २२ मिनेटमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि बझाङ केन्द्रविन्दु भएर दर्जनौ पटक भूकम्प गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *