विमान दुर्घटनामा वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको मृत्यु

केही समय अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेर पछि सम्झौता गरेका रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ।

उनीसहित विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेर पूर्णरुपमा नष्ट भएको छ। विमानमा सवार कोही पनि जिवित फेला नपरेको रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ।

एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ।

युक्रेन विरुद्ध रुसको तर्फबाट लडाई गरिरहेको यो समूहमा भाडाका सैनिकहरु थिए जो पैसाका लागि लडाई लड्थे। सैन्य प्रमुख सवार विमानलाई कसैले खसाएको वा आफै दुर्घटनमा परेको एकिन नभएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *